सिड्नी(अष्ट्रेलिया), १७ पौष । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार अष्ट्रेलियाको बिग ब्यास लिग चौंथो जितसहित अंक तालिकाको शीर्षमा पुगेको छ ।
बिहिबार न्यू साउथ वेल्सको राजधानी सिड्नीमा भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै शीर्षमा उक्लिएको हो ।
ब्याट फ्ल्पि जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
१ सय ४३ रनको लक्ष्य पाएको सन्दीपको मेलबर्नले निर्धारित २० ओभरको खेलमा २ बल बाँकी रहदा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो र ३ विकेटले सिड्नी थन्डर्सलाई घरेलु मैदानमा पराजित गर्यो ।
Sydney Thunder: Usman Khawaja, Alex Hales, Callum Ferguson (c), Matthew Gilkes (wk), Alex Ross, Chris Morris, Daniel Sams, Arjun Nair, Chris Green, Nathan McAndrew, Brendan Doggett
Melbourne Stars: Marcus Stoinis, Peter Handscomb (wk), Nick Larkin, Glenn Maxwell (c), Ben Dunk, Nic Maddinson, Nathan Coulter-Nile, Clint Hinchliffe, Adam Zampa, Dale Steyn, Haris Rauf
मेलबर्नका तर्फबाट निक लार्किनले ६५,मार्कस स्टोइनिसले ५८, नाथन कुर्टियर नाइलले ५, आदम जाम्पा र कप्तान ग्लेन म्याक्सवेलले १ । १ रनको योगदान दिएका थिए ।
मेलबर्नलाई रोक्ने क्रममा सिड्नी थन्डर्सका डानियल सामले ३ तथा क्रिस मोरिस र नाथन म्याक एन्ड्रयूले समान २ । २ विकेट लिएका थिए ।
यस अगाडि फ्लिप जितेर ब्याटिड. गरेको सिड्नीका लागि एलेक्स रोसले ४० तथा म्याथ्यु गिल्केशले २८ रन, कलुम फगुर्सनले १९, अर्जुन नायर १७, डानियल साम १३, क्रिस मोरिस ६, क्रिस ग्रिन २ र उस्मान ख्याजाले १ रनको योगदान दिएका थिए ।
सिड्नीलाई रोक्ने क्रममा मेलबर्नका ह्यारिस रौफले ३, कप्तान ग्लेन म्याक्सवेलले २ तथा आदम जाम्पा र क्लाइन्ट हिनक्लिफले समान १ । १ विकेट लिएका थिए ।
यो खेलमा चोटका कारण नेपाली क्रिकेट स्टार सन्दीपलाइ रेष्ट दिइएको थियो । उनी अघिल्लो खेलमा घाइते भएका थिए । अब उनी शनिवार हुने खेलमा देखिने जनाइएको छ ।
यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् ।
Big Bash League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| MS | 5 | 4 | 1 | 8 | 0.876 |
| SS | 6 | 4 | 2 | 8 | 0.18 |
| AS | 5 | 3 | 1 | 7 | 0.449 |
| ST | 6 | 3 | 2 | 7 | 0.331 |
| HH | 4 | 2 | 2 | 4 | -0.363 |
| PS | 5 | 2 | 3 | 4 | -0.624 |
| BH | 4 | 1 | 3 | 2 | -0.538 |
| MR | 5 | 0 | 5 | 0 | -0.441 |
बिहिबारको जितसँगै मेलबर्नले ५ खेलमा ४ मा विजयी हुँदै ८ अंकका साथ अंक तालिकाको शीष स्थानमा उक्लिएको छ ।



















