Prakash Adhikari January 17, 2020

अबुधाबी(यूनाइटेड अरब इमिरेट्स), ३ माघ । युनाइटेड अरब इमिरेट्सको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपाली चेलीको ज्यान गएको भएको भने सोही दुर्घटनामा १४ नेपाली चेली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चेली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएको थियो । यात्रुबाहक बस गुडिरहेको लरीमा ठोक्किएर ६ जनाको मृत्यु भएको थियो, जसमा ३ नेपाली चेलीको पनि देहान्त भयो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

सो घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।

दुर्घटनामा १४ जना नेपाली चेली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा हुनुहुन्छ।

 

घाइतेहरुको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्कनुभएको छ ।

चालकसहित २४ यात्रु सवार बसरमा २३ महिला रहेको बताइएको छ ।

दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी इरफान आलम अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्यस्थितिको जानकारी लिनुको साथै स्वास्थोपचारको प्रबन्धमा सहयोग गर्नुभएको थियो ।

घाइतेहरूको उपचारमा रोजगारदाता कम्पनीले पनि सहयोग गरिरहेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभएको छ ।

Share Now

Leave a comment.