Prakash Adhikari January 19, 2020

 

पोखरा(कास्की), ५ माघ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा आएको भारी हिमपात र हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपालीहरु सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार माछापुच्छ्रे वेसक्याम्पमा ३५ जना नेपाली सुरक्षित अवस्थामा रहेका छन् ।

शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको थियो ।

उहाँले आइतबार समेत उद्दार टोलीहरु पुगेको तर प्रतिकूल मौसमका कारण उद्दार कठिन भएको जानकारी दिनुभयो ।

हिमपहिरोको कारण शुक्रबारबाटै हराएका चार कोरियाली र तीन जना नेपाली भने सम्पर्कमा आएका छैनन् ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा हिमपहिरो गएपछि पदयात्रा प्रभावित भएको छ ।

Share Now

Leave a comment.