काठमाडौ, २ माघ । नायिका छुल्ठिम गुरुङमाथी फिल्मांकन गरिएको एक आइटम गीत खिच्दै ‘मिस्टर भर्जिन’को इन्डक्ल्याप भएको छ ।
निर्देशक विशारद बस्नेतले फिल्मको सम्पूर्ण छायांकन सकिएको जानकारी दिएका छन् । आइटम डान्समा छुल्ठिमसँगै नायक गौरव पहारी र कमलमणि नेपालले पनि ठुम्का लगाएका छन् ।
झण्डै १ करोड रुपैयाको लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथामा आधारित छ।
फिल्ममा गौरव र कमलमणीका अलावा मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ ।
वल्र्डवाइड फिल्म डिस्ट्रिव्यूसन प्रा.लि.ले निर्माण गरेको यो फिल्म २०७५ सालको बैशाखको अन्तिम साता प्रदर्शनमा ल्याइउने तयारी छ ।
फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह(निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।