Prakash Adhikari March 3, 2020

काठमाडौं, २० फागुन । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणकालागि सरकारले ५ वटा देशबाट आउने नागरिकको अन अराइभल भिसामा अस्थायी रुपमा रोक लगाएको छ ।

अध्यागमन विभागले सोमबार कोरोनाबाट बढी प्रभावित भनिएका ५ वटा देशबाट आउने नागरिकले पाउने अन अराइभल भिसा मार्च १० तारिखदेखि लागू हुने गरी तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो ।

साथै विभागले नेपालका राजदूतावास रहेको देशमा परराष्ट्र मन्त्रालयमार्फत् समेत पत्राचार गरिसकेको छ ।

विभागका अनुसार चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट आउने यात्रुलाई मार्च १० गते अर्को सूचना नआएसम्म अन अराइभल भिसामा रोक लगाउने निर्णय गरिएको छ।

विभागले ती देशबाट नेपाल आउन चाहेमा नेपाल नियोगमार्फत भिसा लिएर आउन सक्ने समेत उल्लेख गरिएको छ । यसका लागि यात्रुले हालसालै स्वास्थ्य परीक्षण गरिएको सर्टिफिकेट समेत पेश गर्नुपर्नेछ ।

Share Now

Leave a comment.