Prakash Adhikari March 19, 2020

काठमाडौं, ६ चैत (रासस)। अनुमति नै नलिई ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणमा विद्युत प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनर्निर्माणमा अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो । केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।

उक्त टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तीत्तलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।

स्थलगत अनुगमन प्रतिवेदन र एक बर्षको खपत विवरणलाई आधार मानी २ लाख ९५ हजार ८ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

केन्द्र प्रमुख श्रेष्ठले प्रत्यक्ष हुकिङ गरेर १ लाख ४७ हजार ८२३ रुपैयाँको विद्युत् चोरी भएको पाइएको बताउनुभयो । प्राधिकरणले चोरी गरेको पाइएपछि शतप्रतिशत जरिवाना गर्दै लाइन काटिदिएको छ ।

यस्तै मूल्य अभिवृद्धि करसहित २ लाख ९५ हजार ८ सय ९२ रुपैयाँ बराबरको रकम असुल गर्ने तय गरिएको श्रेष्ठले बताउनुभएको छ ।
कारवाही पछि मिटर राखी विद्युत् जडान गर्ने तयारी गरिएको

Share Now

Leave a comment.