म्युनिख(जर्मनी), १० चैत्र (एजेन्सी) । जर्मनको प्रख्यात फुटबल क्लब बार्यन म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्की र उनकी श्रीमती अन्नाले कोरोना भाइरस विरुद्ध लड्न १ मिलियन युरो (१२ करोड ८८ लाख रुपैयाँ भन्दा बढी) सहयोग गरेका छन् ।
लेवान्डोस्कीले भनेका छन्, “यो कठिन परिस्थतिबारे हामी सबैलाई अवगत छ । आज हामी सबै एउटा टिमका रुपमा खेल्नेछौं । यो लडाईमा हामी एकजुट भएर भिड्नुपर्छ । हामी कसैलाई सहयोग गर्न सक्छौं र गर्नु पनि पर्छ ।”
Bayern Munich striker Robert Lewandowski and his wife Anna have contributed one million euros (£923,900) to fight #coronavirus. 🙌
More details 👉 https://t.co/CdrFmtynjt #bbcfootball pic.twitter.com/QvtQQpyn1p
— BBC Sport (@BBCSport) March 22, 2020
बायर्न कै अर्का दुई खेलाडी लियोन गोरेज्का र जोशुआ किमिचले पनि ‘वी किक कोरोना’ अभियान चलाएका छन् । उनीहरुको अभियानले हालसम्म २५ लाख युरो भन्दा बढी रकम संकलन गरिसकेको जनाइएको छ।
उता म्यानचेष्टर सिटीका जर्मन स्टार लेरोए सानेले पनि कोरोना विरुद्ध लड्न आर्थिक संकलन अभियान चलाउन शुरु गरेका छन् ।


















