काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा प्रत्येक सांसदलाई एक महिनाको तलब जम्मा गर्न आग्रह गर्नुभएको छ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएक थापाले आफ्नो ट्वीटरमा विपदमा श्रोत जुटाउन सरकारको साथमा रहेको सन्देश दिन सो आग्रह गरिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।— Gagan Thapa (@thapagk) March 23, 2020
कांग्रेस सांसद थापाले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस्।’


















