काठमाडौं, १० चैत्र । विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई जोगाउन सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकले १ करोड रुपैयाको योगदान गर्ने निर्णय गरेको छ ।
बैंकको संचालक समितिको बैठकले सरकारले बनाएको कोषमा दिने निर्णय गरेको हो ।
संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभए अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट ब्योहोर्ने गरी कोरोना कोषमा सो योगदान गर्ने निर्णय लिएको ।
सरकारले कोरोना भाइरस नियन्त्रणको लागि ५० करोड रुपैयाँको फण्ड बनाउने निर्णय गरेको थियो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका युवा सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले सबै सांसदहरुलाई सो कोष एक एक महिनाको तलब बराबर योगदान गर्न आह्वान गर्नुभएको छ ।


















