Prakash Adhikari March 25, 2020

काठमाडौं,१२ चैत्र । सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गर्नुभएको छ ।

सो सहयोगको चेक ग्रहण गर्दै सचिव बिडारीले नागरिकहरुलाई जोगाउन सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपालले पनि हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको उल्लेख गर्दै भन्नुभयो, । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ । ”

सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले “एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको र यसले सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कोभिड–१९ कोषमा रु. १० करोड सहयोग गरिएको बताउनुभयो । उहाँले संस्थाले दिएको सहयोगले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मी र संक्रमित बिरामीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

एनसेलले यस अप्रत्याशित अवस्थामा पनि आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न संस्था प्रयासरत रहेको जनाएको छ ।

अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले एनसेलले नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

एनसेलले यस चुनौतीपूर्ण घडीमा सेवाग्राहीहरूले देखाएको धैर्यको कदर गर्दै सेवाग्राहीहरूको अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न हामी प्रयत्नरत रहने जनाएको छ ।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

उसले २०७२ सालमा आएको भूकम्पमा उद्धार,राहत र पुनस्थापनाको लागि प्रधानमन्त्री प्राकृतिक प्रकोप कोषमा २० करोड रुपैया सहयोग गरेको थियो । एनसेलले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा सधैं योगदान पु¥याउँदै आएको छ ।

Share Now

Leave a comment.