Prakash Adhikari April 4, 2020

काठमाडौं, २२ चैत्र । जीवन बीमामा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने नेपाल लाइफले विश्वास लिएको छ ।

नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रहितको लागि विविध प्रकारको सहयोग गर्दै आइरहेको छ ।

Share Now

Leave a comment.