काठमाडौं, २२ चैत्र । कोरोनाभाइरसबाट नेपाल र नेपालीलाई जोगाउन सरकारले लकडाउन घोषणा गर्दा देशका आर्थिक र सासंमाजिक गतिविधि ठप्प भएको कारणले दैनिक गुजाराका लागि संघर्ष गरिरहेका सिनेकर्मी प्राविधिकलाई हास्य कलाकार दीपकराज गिरीअगुवाईमा छक्कापञ्जा ग्रुपद्धारा सहयोगको घोषणा गरेको छ ।
शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै हास्य कलाकार तथा अभिनेता गिरीले उक्त घोषणा गर्नुभएको हो ।
सोही स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेता केदार घिमिरे लगायतले पनि पोस्ट गर्नुभएको छ ।
https://www.facebook.com/deepakrajgiri84/posts/3075286375868349
सामाजिक सञ्जालमा राखिएको स्टाटसमा लेखिएको छ, ‘चलचित्रकर्मी साथिहरू । हामिलाइ सुटिंगको समयमा, भोक लाग्दा खाना खुवाउने, हामीलाई गर्मी हुँदा छाता ओढाउने, हामी राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो । अतः सबै मिलेर केही सहयोग गरौँ । हाम्रो तर्फबाट रू. १ लाख १० हजार दिँदैछौ । चलचित्र क्षेत्रका इच्छुक साथिहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस् एकमुष्ट सहयोग गरौँ ।’
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले प्राविधिकको लागि आफ्नै कोष खडा गर्नुपर्ने बताउनुभएका थियो ।
अभिनेता तथा हास्य कलाकार दीपक गिरीको अग्रसरतामा आरम्भ भएको अभियानमा अन्य चलचित्रकर्मीहरुको पनि सहयोग बढ्ने र लडडाउनले समस्यामा परेका प्राविधिकहरुलाई राहत मिल्ने बिश्वास गरिएको छ ।


















