काठमाडौ, ११ बैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ पुगेको छ ।
बिहिबार थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै यो संख्या पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
उदयपुरबाट संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै जनकपुरका १४ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
निको हुनेको संख्या नौ
केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।
योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।
त्यस्तै मन्त्रालयले हालसम्म पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७ सय २२ जनाको परीक्षण गरीएको जनाएको छ ।


















