Prakash Adhikari May 10, 2020

लण्डन(संयुक्त अधिराज्य),२८ बैशाख । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता हुनुभएको छ ।

लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सघाउन सर्वसाधारणमा अपिल गरेको छ ।

बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्कनुभएका मोरिस नफर्केपछि प्रहरीले खोजी कार्य थालनी गरेको छ ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताउनुभएको छ ।

रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गर्नुभएको थियो ।

Share Now

Leave a comment.