Prakash Adhikari May 10, 2020

काठमाडौं, २८ बैशाख । नेपालले बर्षौ पहिलेदेखि आफ्नो स्वामित्वको भूभागको रुपमा दावी गर्दै आएको महाकाली नदीको पूर्वी भागको लिपुलेकसम्म पुग्ने गरी भारतले एकपक्षीय रुपमा मोटर बाटो बनाएको कार्यको पूर्व राजा ज्ञानेन्द्र शाहले पनि विरोध गर्नुभएको छ ।

उहाँले शनिवार आफ्नो ट्वीटर खाताबाट एक सन्देश दिदैं ‘पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो’ भन्नुभएको छ ।

पूव राजा ज्ञानेन्द्रले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ भन्ने कुराको पनि स्मरण गराउनुभएको छ ।

उहाँले सरकारले आफ्नो राष्ट्र जोगाउने कार्यमा देखाएको गम्भीर कमजोरीलाई औल्याउदै उहाँले भन्नुभएको छ , सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।

Share Now

Leave a comment.