नयाँदिल्ली(भारत), २९ बैशाख । भारतका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता डा.मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ ।
उहाँलाई मुटुमा दर्द भएपछि आइतबार राति दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा भर्ना गरिएको हो ।
Delhi: Former Prime Minister Dr Manmohan Singh has been admitted to All India Institute of Medical Sciences (AIIMS) after complaining about chest pain (File pic) pic.twitter.com/a38ajJDNQP
— ANI (@ANI) May 10, 2020
८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
डा. नितिश नाइक नेतृत्वमा रहेका वरिष्ठ चिकित्सकहरुको टोलीले उहाँको उपचार गरिरहेका छन् ।
भारतीय कांग्रेसका प्रवक्ता जयविर शेरगेलले आफ्नो ट्वीटरमा पूर्व प्रधानमन्त्री तथा पाटी नेता डा. सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
Praying for good health & speedy recovery of Dr Manmohan Singh who has just been admitted to AIIMS with complaints of chest pain
— Jaiveer Shergill (@JaiveerShergill) May 10, 2020
अर्थविद् डा. सिंह सन् २००३ पछिलगातार दुईपटक भारतको प्रधानमन्त्री बन्नुभएको थियो ।


















