Prakash Adhikari May 12, 2020

काठमाडौं, ३० बैशाख । लकडाउनको कारण डेढ महिनाभन्दा धेरै समयपछि खुलेको सेयर बजार निर्धारित समयसम्म कारोबार नभएर बन्द भएको छ।

११ देखि खुलेको बजार निर्धारित दुई घण्टाको कारोबार नसकिदै १२ बजेर २३ मिनेट जादा नेप्से परिसूचक २ .३ प्रतिशतले घटेपछि बन्द हुन गएको हो।

४९ दिनपछि मंगलबार बजार खुलेको बजार प्रारम्भदेखि नै ओरालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जले लकडाउन अवधिभरको लागि सेयर बजार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुलाउने निर्णय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जले लक डाउन अवधिका लागि जारी गरेको नयाँ निर्देशिका बमोजि बजार २ प्रतिशतले घटेमा वा बढेमा बजार बन्द हुने व्यवस्था गरेको छ ।

यसअघि कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनटका लागि र कुनै पनि बेला ६ प्रतिशतले बजार घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको थियो।

शेयर बजारमा ठूलो उतारचढाव आउन नदिन नेप्सेले नयाँ व्यवस्था गरेको हो।

Share Now

Leave a comment.