Prakash Adhikari May 16, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३ जेठ (बीबीसी) । अमेरिकाले यो वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसविरुद्ध खोप बनाउने उद्देश्य राखेको घोषणा गर्दै राष्ट्रपति ‌डोनल्ड ट्रम्पले खोप भए पनि नभए पनि अमेरिका खुला रहने वाचा गनुभएको छ।

ुअपरेशन वोर्प स्पीडु नाम दिइएको यो योजनालाई उहाँले दोस्रो विश्वयुद्धका बेला परमाणुअस्त्र बनाउने प्रयाससँग तुलना गर्नुभयो।

तर उहाँले खोप बनेन भने पनि अमेरिकीहरूले बिस्तारै सामान्य अवस्थामा फर्किनुपर्ने स्पष्ट पार्नुभएको छ।

धेरै विशेषज्ञहरूले एकै वर्षमा कोरोनाभाइरसको खोप बन्न सक्ने विषयमा विश्वस्त छैनन्।

‘यो पूर्ण रूपमा खोपमा मात्रै निर्भर छ भन्ने कुरा मानिसहरूले नसोचून् भन्ने म चाहन्छु’,राष्ट्रपति ट्रम्पले भन्नुभयो,’खोप भए पनि नभए पनि हामी फर्किन्छौँ। अनि हामी त्यो प्रक्रिया सुरु गर्दैछौँ।’

धेरै रोगविरुद्ध खोप उपलब्ध नभए पनि मानिसले आफैँ सङ्घर्ष गरेर निको हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अरूको त खोप नै हुँदैन र ती आफैँ हराँउछन्।’

कस्तो छ अवस्था  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या ३ लाख नाघेको छ।

विश्वभरि सङ्क्रमितहरूको सङ्ख्या ४५ लाख ४२ हजारभन्दा बढी छ। कोभिड-१९ बाट निको हुनेहरूको सङ्ख्या शुक्रवार नै १५ लाखभन्दा बढी थियो।

पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन्। अहिलेसम्म १४ लाख ४२ हजारभन्दाबढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८७ हजार नाघेको छ।

अमेरिकामा अतिप्रभावित न्यूयोर्क राज्यमा २८ हजार जनाभन्दा बढीको मृत्यु भएको छ।

Share Now

Leave a comment.