Prakash Adhikari May 18, 2020

 

नयाँदिल्ली(भारत), ५ जेठ । भारत सरकारले विगत २४ घण्टामा ५,२४२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको छ। एक दिनमा भएको यो सर्वाधिक वृद्धि हो।

भारतमा सङ्क्रमितको कुल सङ्ख्या ९६,००० नाघेको छ।

विगत २५ घण्टामा १५७ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण एशियामा सर्वाधिक प्रभावित भएको भारतमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या अब ३,०२९ पुगेको छ।

अहिलेसम्म देशभरि ३६,८२३ जना भाइरसमुक्त भएर निको भएको सरकारी तथ्याङ्क छ।

भारतमा लकडाउनको अवधि बढाएर मे ३१ सम्म कायम गरिएको छ।

कुन राज्यमा कति सङ्क्रमण र मृत्यु?

महाराष्ट्र – ३३,००० जनाभन्दा बढी सङ्क्रमित; १,१९८ जनाको मृत्यु
गुजरात – ११,००० जनाभन्दा बढी सङ्क्रमित; ५५९ जनाको मृत्यु
तमिलनाडु – ११,००० जनाभन्दा बढी सङ्क्रमित; ७८ जनाको मृत्यु
दिल्ली – १०,००० जनाभन्दा बढी सङ्क्रमित; १८० जनाको मृत्यु
राजस्थान – ५,००० जना भन्दा बढी सङ्क्रमित; १३१ जनाको मृत्यु

(बीबीसी)

Share Now

Leave a comment.