न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ५ जेठ । चर्चित गायन रियालीटी शो अमेरिकन आइडल अन्तर्गत सन २०२० को फाइनलमा पुगेका नेपाली युवा दिवेश पोखरेल दोस्रो बनेका छन ।
अमेरिकी आइडल आइतबार सम्पन्न १८ औं संस्करणको ग्राण्ड फिनालेमा दिवेशलाई जष्ट सामले मतान्तरले पछि पारिन ।
दिवेश पोखरेलले आइडलको १८ औं संस्करण जित्ने अनुमान गरेका थिए । तर दुई जना मात्र छानिएको फाइनल प्रतिष्पर्धामा विजेता जष्ट सामलाई नेपाली युवा दिवेशले कडा टक्कर दिएका थिए ।

रियालीटी शोका प्रस्तोता र्यान स्याकरेष्टले सामलाई बिजेता घोषित गरेपछि दिवेशका समर्थकहरु आश्चर्यचकित भएका थिए ।
उत्कृष्ट सात जनाबाट उत्कृष्ट पाँच जनामा छानिएका दिवेशको प्रस्तुति दमदार थियो ।
सोही आधारमा उनी उत्कृष्ट दुईमा पुगे तर फानलमा मतान्तरका कारण उनी दोस्रो बने ।
कुनैपनि नेपाली नागरिक अमेरिकाको यति लोकप्रीय र चर्चित रियालिटी शोमा दोस्रो बनेको पहिलो पटक हो ।
दिवेशको शानदार प्रस्तुति र उनले हासिल गरेको दोस्रो स्थानले अमेरिकावासी नेपालीको उचो भएको प्रवासी नेपालीहरुले बताएका छन् ।


















