Prakash Adhikari May 19, 2020

 

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार राति १०ः१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ७५ पुगेको छ।

यो पछिल्लो विज्ञप्ति अनुसार पछिल्लो पटक थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

काठमाडौं, धरान, नेपालगञ्ज र विराटनगरमा गरिएका परीक्षणमा नयाँ सङ्क्रमितको पुष्टि भएको जनाइएको छ।

सोमवार राति थपिएको पुष्टि गरिएकाहरूमाबाँके नरैनापुरका १२ , धनुषाका दुई र खोटाङ , दैलेख, सुनसरी तथा झापा निवासी एक एक पुरुष रहेको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जनाउनुभएको छ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन्।

सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो।

यसरी सोमवार थप ८० जना सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ मा १ सय ७१ र प्रदेश नं २ मा १ सय ३४ जना भेटिएका हुन्।

कर्णाली प्रदेशमा पहिलो पटक कोभिड १९ पुष्टि भएको हो। सङ्क्रमित दैलेख जिल्लाका भएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमध्ये ३६ जना भाइरसमुक्त भएको सरकारको भनाइ छ।

मृत्यु भएपछि दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

जिल्लागत तथ्याङ्क हेर्दा बाँकेमा सर्वाधिक ९३ सङ्क्रमित छ।

पर्सामा ९१ जनामा सङ्क्रमण पुष्टि भएकोमा तीन जना निको भएर अस्पतालबाट बिदा भइसकेका छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


जेठ ५ सोमवार राति १०ः१५ बजे अद्यावधिक तथ्याङ्कमा आधारित

३७५ कुल सङ्क्रमण

कुल मृत्यु

पीसीआर विधिबाट परीक्षण ३०,७२३

चिकित्सकीय निगरानीमा अलग्गै ४१२

देशभरि क्वारन्टीनमा २०,०००

अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका सङ्क्रमित ३६

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Share Now

Leave a comment.