बैंकक(थाइल्याड), ६ जेठ । थाइल्याडको सरकारले नोक्सानमा गइरहेको थाई एअरवेजलाई टाट पल्टिनबाट जोगाउने भएको छ ।
यसका जहाजहरु आकाशमा उडिरहेको अवस्था सिर्जना गर्न सरकारले कर्जाको पुनर्संरचनायोजना पेश गर्न एअरवेजको व्यवस्थापनलाई निर्देशन दिएको छ ।
टिक्नको लागि संघर्ष गरिरहेको थाई एअरवेजको व्यवस्थापनले यसलाई वित्तीय रुपमा ध्वस्त हुनबाट बचाउन ५८.१ अर्ब थाई भाट अर्थात १ अर्ब ८१ करोड अमेरिकी डलर बराबारको आर्थिक सहयोग माग गरेको थियो ।
सट्टामा सरकारी अधिकारीहरुले एअरवेज व्यवस्थापकलाई टाट पल्टिने अवस्थाको कल्पना नगरेर कर्जाको पुनर्संचरना योजनासहित आउन अनुरोध गरेका थिए ।
विश्वमा गत डिसेम्बरमा कोरोना भाइरसको प्रकोप देखिनुपूर्व नै थाई एअरवेज वित्तीय दबाबमा परिसकेको थियो ।त्यतिबेलै यसले झण्डै १२ अर्ब नोक्सानी व्यहोरेको थियो ।
थाई एअरवेजमा सरकारको ५१ प्रतिशत शेयर रहेको छ ।
मंगलबारको क्याबिनेट मिटिड.पछि थाई प्रधानमन्त्री प्रयुथ चानोचाले भन्नुभयो, ‘सरकारले प्राप्त कागजातका् समग्र आयामबाट पुनरावलोकन गरेको छ । हामीर्ले कर्जाको पुनर्संरचनाको निवेदन दिन आग्रह गरेका छौ ,थाई एअरवेजलाई टाटा घोषणा गर्न हैन । हवाई सेवा निरन्तर सञ्चालन हुनेछ ।’
विमान कम्पनीको तर्फबाट यस अगाडि प्रस्तुत गरिएको उद्धार कार्यक्रममा वित्त मन्त्रालयको सहयोगमा सरकारी जमानतको कर्जाको सहयोग हुनुपर्ने प्रावधान राखिएको थियो ।
अहिले थाई एअरवेजसंग ८० वटा विमान छन र २२ हजार कर्मचारी रहेका छन् । उसले कोरोना भाइरस संक्रमणको कारण आगामी ३० जुनसम्म नियमित सेवा सञ्चालन नगर्ने घोषणा गरिसकेको छ ।
अन्तराष्ट्रिय थाई हवाई यातायात संघले विश्वभरका हवाई सेवालाई थप दवाव हुने उल्लेख गर्दै सन २०२३ नभई कन हवाई यात्रा सामान्य अवस्थामा नफर्कने बताएको छ ।


















