इस्लामाबाद(पाकिस्तान), १३ आषाढ(बीबीसी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल(कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएपछि चर्को आलोचना भएको छ।
बिहीवार संसद्मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताउनुभएको थियो।
त्यही प्रसङ्गमा उहाँले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गर्नुभएको थियो।
अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो।
‘म कहिल्यै बिर्सिन सक्दिनँ – पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो। ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए’,खानले भन्नुभयो, ‘त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्यो, जथाभावी भन्यो। हाम्रो सहयोगी हाम्रै मुलुकमा आएर कसैलाई मार्दैछ अनि हामीलाई भन्दैन। अनि उसको युद्धमा ७० हजार पाकिस्तानी मरिसके।’
Prime Minister Imran Khan speech at the assembly #PMIKAssemblySpeech pic.twitter.com/wta9RYm8Hd
— PTI Sindh Official (@PTISindhOffice) June 25, 2020
योभन्दा ठूलो अपमान अरू के हुन्छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री खानले अमेरिका र पाकिस्तानको सम्बन्धबारे प्रश्न गर्नुभयो।
सन् २०११ मा भएको एउटा नाटकीय र गुप्त सैन्य कारबाहीमा अमेरिकाले विन लादेन लाई मारिदिएको थियो।
कसले के भने
खानको सम्बोधनपछि विपक्षी दलहरूले खानको आलोचना गरेका छन्।
पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले खानको भनाइ उहाँको ‘हिंसक अतिवादलाई खुसी बनाउने विगत’ सँग मिलेको भन्दै कटाक्ष गनुभएको छ ।
PM IK calling OBL a martyr in NA is consistent with his history of appeasement to violent extremism. It is during his govt that those involved in APS attack “escaped” & those involved in Daniel Pearls murder get relief. Running with the hare & hunting with the hound.
— BilawalBhuttoZardari (@BBhuttoZardari) June 25, 2020
सोही दलका सिनेटर मुस्तफा नवाजले प्रधानमन्त्री इमरान खानलाई ुराष्ट्रिय सुरक्षाका लागि खतराु भन्दै इन्स्टाग्राममा एउटा भिडिओ सार्वजनिक गर्नुभएको छ ।
‘ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएर इमरान खान राष्ट्रिय सुरक्षा खतरा बनेका छन्। यदि उनी शहीद हुन् भने अल कायदाको आक्रमणहरूमा बलिदान गर्ने सर्वसाधारण र हाम्रा सुरक्षा बलका सदस्यहरू के हुन्रु’ उहाँको प्रश्न छ।
विपक्षी सांसद ख्वाजा मोहम्मद आसिफले ‘पाकिस्तानमा आतङ्कवाद भित्र्याउने’ बिन लादेनलाई शहीद भनेकोमा संसद्मै आपत्ति प्रकट गर्नुभएको थियो।

‘लादेन आतङ्कवादी थिए अनि प्रधानमन्त्री उनैलाई शहीद भन्छन्’, पाकिस्तानबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका डनले आसिफलाई उद्धृत गरेको छ।
बिहीवार राति ट्वीट गर्दै प्रधानमन्त्री खानका सहयोगी डा. शहबाज गिलले खानको प्रतिरक्षा गर्नुभएको छ।
प्रधानमन्त्री खानले ‘शहीद बनाएको’ बाहेक ‘मारिएको’ शब्द पनि प्रयोग गरेको उहाँको तर्क छ।
Referring to PM’s speech in NA today, it is clarified that PM twice used the word “killed” for OBL. An unwarranted attempt is being made at home/abroad with a clear intent to make his remarks controversial unnecessarily.
— Dr. Shahbaz GiLL (@SHABAZGIL) June 25, 2020
प्रधानमन्त्रीको टिप्पणीलाई अनवाश्यक रूपमा विवादास्पद बनाउने प्रयास भएको उहाँले लेख्नुभएको छ।
उहाँका अनुसार प्रधानमन्त्री खान आतङ्कवादविरुद्ध प्रतिबद्ध हुनुहुन्छ।


















