काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसआज देशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
राणा विरोधी आन्दोलनमा लाग्नुभएका उहाँका दाइ गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो।
पुष्पलाल श्रेष्ठकै अगुवाईमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
बि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते हृदय रोगबाट निधन भएको थियो।
नेपालको वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।


















