Prakash Adhikari August 7, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २३ साउन(बीबीसी) । कोरोनाभाइरस महामारी, जातीय विभेद र ट्रम्प प्रशासनको ‘आडम्बरू का कारण आफूलाई एक किसिमको मानसिक समस्या ‘लो ग्रेड डिप्रेशन’ भएको अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले बताउनुभएको छ।

उहाँले ‘भावनात्मक ऊहापोह’ व्यवस्थापन गर्न ‘आफूलाई चिन्नु’ र ‘आफूलाई सन्तुष्ट बनाउने कुरा चिन्नु’ आवश्यक भएको बताउनुभयो।

आफ्नो निद्रा र व्यायाम गर्ने तालिकामा कठिनाइ महसुस गरेको उहाँको भनाइ छ।

‘म मध्यरातमा बिउँझिन्छु किनभने म कुनै कुराबारे उद्विग्न भएकी हुन्छु वा एक खालको गह्रुङ्गोपन हुन्छ’, मिसेल ओवामाले भन्नुभयो।

आफूले सुरु गरेको पडकास्टको दोस्रो भागका लागि अमेरिकी पत्रकार मिशेल नोरिसको अन्तर्वार्ता लिने क्रममा अमेरिकाकी भूतपूर्व प्रथम महिलाले आफ्नो मानसिक स्थितिबारे टिप्पणी गर्नुभएको हो।

मिसेल ओबामा
‘यो आध्यात्मिक रूपमा सन्तुष्ट हुन सकिने समय होइन’, उहाँले भन्नुभयो ‘ , मलाई थाहा छ म एक किसिमको ‘लो ग्रेड डिप्रेशन’ सँग सङ्घर्ष गरिरहेकी छु।’

‘क्वारन्टीनका कारण मात्र नभएर निरन्तर रूपमा जातीय द्वन्द्व अनि ट्रम्प प्रशासन देख्दा, त्यसको आडम्बर देख्दा, निरुत्साहन हुन्छ’, उहाँले भन्नुभयो।

अश्वेत पुरुष वा व्यक्तिलाई कुनै न कुनै रूपमा अमानवीय व्यवहार गरिएको, चोट पुर्‍याइएको, मारिएको वा मिथ्या आरोप लगाइएको समाचारसहित बिउँझिदा दिक्क लाग्ने उहँले बताउनुभयो।

किन कुनै प्रदर्शन हिंसक बन्छन् ?

मिसेल ओबामा
‍ओबामाले फेरि ट्रम्पको आलोचना गरे

उहाँले आफूले यसअघि उनले कहिल्यै त्यस्तो अनुभूति नगरेको बताउनुभयो ।

तर यस्ता भावावेगहरू नियन्त्रण गर्न तालिका महत्त्वपूर्ण भएको भन्दै ओबामाले महामारीका बेला तदनुरूप व्यवहार गर्नु आफ्ना लागि अझ महत्त्वपूर्ण भएको बताउनुभयो।

पडकास्टको पहिलो शृङ्खलामा उहाँले आफ्ना पति बराक ओबामाको अन्तर्वार्ता लिनुभएको थियो।

Share Now

Leave a comment.