ब्रायनलारा स्टेडियम(ट्रिनिडाड), ५ भाद्र । क्यारेबियन प्रिमियर लिग(सीपीएल) २०२० अ्रन्तर्गतको आफ्नो टिमको दोश्रो खेलमा पनि नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले े एक विकेट लिएका छन्।
शुक्रबार बिहान सन्दीप आबद्ध जमैका तल्लाहवाज र ट्रिबांगो नाइट राइडर्सविरुद्ध भएको खेलमा सन्दीपले आफ्नो पहिचान राख्दै एक विकेट लिने सफलता पाएका हुन् । भाग्यले साथ नदिंदा उनको खातामा अर्को विकेट आउने गरी फालिएको बल उनका सहकर्मीले क्याच छुटाउदा गुम्न पुग्यो ।
शुक्रबारको खेलामा पहिले ब्याटिंग गरेको जमैकाले ८ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनायो । १ सय ३६ रनको लक्ष्य पाएको ट्रिनबागोले १८.१ ओभरमा ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेर खेलमा दोस्रो जित हासिल गर्यो ।
खेलमा सन्दीपको प्रदर्शन
पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोश्रो खेलमा पनि पहिलेको उपलब्धिलाई निरन्तरता दिए । आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै नेपाली स्टार सन्दीपले कोलिन मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दीप चार ओभरमा ३० रन लिन दिएर एक विकेट लिंदै ७.५ को राम्रो इकोनोमीसहितको बलिंग गरे।
नवौं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो ओभरमा मात्र ४ रन लिन दिएका थिए । जसमा २ रन लेग बाइमार्फत आएको थियो। लगातार आक्रामक ब्याटिंग गरिरहेका सुनिल नारायण र कोलिन मुनरोलाई सन्दिपले ओभरमा नियन्त्रणमा राखे।
त्यसपछि ११ औं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले ११ रन दिएर एक विकेट लिए । उनले पाँचौ बलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणलाई क्याच आउट गराए । यो ओभरमा कोलिन मुनरोको छक्का खाएका सन्दीपले ११ रन खर्चेर सन्दिपले मुनरो र नारायण बीचको ७५ रनको साझेदारी तोड्दै जमैकालाई खेलमा फर्काएका थिए।
https://www.facebook.com/prasiddhabhandari.prasiddhabhandari/videos/328623045000616/
१३ औं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपलाई दोश्रो बलमा डेरेन ब्राभोले चौका प्रहार गरे। यस ओभरमा २ डट बल गर्दै कुल ७ रन खर्चिए।
१५ औं ओभरमा चौथो स्पेल लिएर आएका सन्दीपले कुल १० रन खर्चिए र स्पेल अन्त्य गरे। आफ्नो अन्तिम ओभरको तेश्रो बलमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउन पुग्दा नेपाली क्रिकेट स्टार दोस्रो विकेट लिने अवसरबाट बञ्चित हुन पर्यो । यो ओभरमा सन्दीपलाई कोलिन मुनरोले चौकाले स्वागत गरेका थिए ।
यस अघि सेन्ट लुसियाबिरुद्धको पहिलो खेलमा नेपाली स्टारले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिएका थिए। उनले नजीबुल्लाह जद्रानलाई चौथो ओभरमा क्याच आउट गराएका थिए।


















