Prakash Adhikari August 21, 2020

 

मस्को(रुस), ५ भाद्र । विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उहाँका समर्थकहरूले बताएका छन्।

भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाउनुभएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उहाँ सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो।

चिकित्सकहरूले उहाँ ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उहाँको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन्।

एयर एम्बुलेन्स तयार

नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उहाँलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन्।

उहाँका समर्थकहरूको त्यस्तो भनाइपछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ।

जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ।

नभाल्नीलाई एम्बुलेन्समा राखिँदै

नभाल्नीलाई एम्बुलेन्समा राखिँदै
ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए।

राष्ट्रपतिका प्रवक्ता के भन्छन् ?
राष्ट्रपति भ्लादिमिर पुटिनमा कट्टर आलोचक ४४ वर्षीय नभाल्नी उहाँको विरोध गरेकोमा कैयौँ पटक जेल पर्नुभएको थियो।

उहाँले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ुकुु र संविधानको उल्लङ्घनको संज्ञा दिनुभएको थियो।

राष्ट्रपति पुटिनका प्रवक्ताले उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दै उहाँलाई विदेश लग्न दिन तयार रहेको बताउनुभएको छ ।

तर त्यसको निम्ति केही परीक्षणको परिणाम कुर्नुपर्ने उहाँको भनाइ छ।

Share Now

Leave a comment.