Prakash Adhikari August 22, 2020

 

काठमाडौं, ६ भाद्र । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वृद्धिसँगै कोभिड१९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको छ।

विगत २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु भएका पुष्टि हुनेमा सुनसरीकी ६ वर्षीया बालिका र त्यहीका ६७ वर्षीय पुरुष, पर्साका तीन पुरुष (४८, ५८ र ६१ वर्षीय), बाराका एक ५८ वर्षीय पुरुष, सिराहाका एक ६८ वर्षीय पुरुष, मकवानपुरका एक ५६ वर्षीय पुरुष र भक्तपुरका एक ७३ वर्षीय पुरुष रहेका छन् ।

विगत २४ घण्टामा थपिएका ६ सय ३४ जना सहित नेपालमा कुल सङ्क्रमितहरूको सङ्ख्या पुगेको छ।

अहिले देशभरि १२ हजार ६ सय २१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।

संक्रमित कहाँका ?

शनिवार पुष्टि भएका संक्रमितमा काठमाडौंका १ सय ६० जना, पर्सामा ५९, मोरङमा ५२ सिरहामा ३५ मकवानपुरमा ३२, बाँकेमा २८ र चितवनमा २७ जना रहेका छन्।

ललितपुरका ६ र भक्तपुरका ५० गरी काठमाडौं उपत्यकामा २ सय १६ जना सङ्क्रमित थपिएका छन्।

परीक्षणको स्थिति

 

विगत २४ घण्टामा १२ हजार ५ सय १९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा १ सय ३६ जना भाइरसमुक्त प्रमाणित भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार ३ सय ५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ।

अहिले देशभरि क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दाबढी भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।(बीबीसी)

Share Now

Leave a comment.