Prakash Adhikari August 27, 2020

 

काठमाडौं, ११ भाद्र । विगत २४ घण्टामा नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो भने पुष्टि भएका सङ्क्रमितको सङ्ख्याले २४ घण्टामा एक हजार नाघेको यो दोस्रो पटक हो।

सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १ सय ८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।

अहिले देशभरि १५ हजार २ सय ७३ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङमा बताउनुभयो।

तीमध्ये ६ हजार २ सय १० जना घरमै र अन्य ९ हजार ६३ जना संस्थागत आइसोलेशनमा छन्।

nepal

अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ३ सय ७७ जना छन्।

यो पनि उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक सङ्ख्या हो।

मृतकहरु कहाँका ?

मृतकहरू काठमाडौं,,ललितपुर, बारा, पर्सा, कास्की, कपिलवस्तु, रूपन्देही र बाँके जिल्लाका हुन्।

उनीहरूमध्ये पाँच महिला र तीन पुरुष भएको मन्त्रालयले जनाएको छ।

बारा र कास्कीमा मृत्यु हुने महिलाहरूको उमेर क्रमशः २३ र ३२ वर्ष छ।

अरू मृतकहरूको उमेर ४८ देखि ७० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकामा बढ्दो सङ्क्रमण. विगत १० दिनमा काठमाण्डू उपत्यकाका तीन जिल्लामा दैनिक थपिएका सङ्क्रमित सङ्‍ख्या.  .

विगत १० दिनमा काठमाण्डू उपत्यकाका तीन जिल्लामा दैनिक थपिएका सङ्क्रमित सङ्‍ख्या। ।

कहाँका कति संक्रमित ?

विगत २४ घण्टामा भेटिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि अधिकांश युवा छन्।

तीमध्ये ३ सय ३४ जना महिला र ७ सय ७७ जना पुरुष भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिले काठमाडौं जिल्लामा सर्वाधिक २ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी पर्सामा ८५, चितवनमा ४५, मकवानपरमा ६३, ललितपुरमा ६६, भक्तपुरमा ४१, बाँकेमा ७५, रूपन्देहीमा ७२, धनुषामा ३९ र सुनसारीमा ३८ जनामा पनि कोभिड-१९ भेटिएको हो।

परीक्षणको अवस्था

चौबीस घण्टाको अवधिमा १२ हजार ६ सय २९ वटा नमुनाको परीक्षण गरिएकोमा ५ सय ६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

अहिलेसम्म २० हजार भन्दा केही बढी सङ्क्रमितहरू निको भएका छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

देशभरि क्वारन्टीनमा ९ हजार ४ सय ८८ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

coronavirus growth chart
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार १६ अर्थात् यसअघिअसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ , भदौ ९ गतेको थप ८ सय ५५ जनामा सङ्क्रमण, सात जनाको मृत्युर भदौ १० गतेको ११ मृतकसहित कोभिड(१९ एकै दिनमा ११ जनाको मृत्यु, थप ८ सय ८५ जना सङ्क्रमित थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८, साउन ३२ गते ६ सय ४१ र भदौ ८ गते ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अहिले मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डू र ललितपुरमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दा माथि छ।

मुस्ताङ र हुम्लामा भने उक्त सङ्ख्या शून्य छ।(बीबीसी)

Share Now

Leave a comment.