Prakash Adhikari August 28, 2020

 

काठमाडौं, १२ भाद्र (बीबीसी) । विगत २४ घण्टामा नेपालमा ९ सय २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

सो अवधिमा कोभिड १९ देखिएका थप १२ जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १ सय ९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १६ हजार १९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रिफिड.मा बताउनुभयो।

कोरोनाभाइरस
मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्यामा पहिलो पटक १ हजार नाघेको थियो।

भदौ ९ गते थप ८ सय ५५ जनामा सङ्क्रमण र ७ जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मृतक कहाँका ?

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये ४ महिला र ८ पुरुष छन्।

मन्त्रालयका अनुसार मोरङमा ५६ र ६५ वर्षीया दुई महिला तथा भक्तपुरमा ६४ र मकवानपुरमा ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यसैगरी उदयपुरमा ५२ वर्षीय, पर्सामा ७२ वर्षीय, धनुषामा ४५ वर्षीय, सिराहामा ५५ वर्षीय, झापामा ८३ वर्षीय, चितवनमा ५१ वर्षीय, कास्कीमा ५२ वर्षीय र रूपन्देहीमा ६० वर्षीय पुरुषको मृत्यु पनि कोरोनाभाइरस सङ्क्रमणसँग भएको मानिएको छ।

संक्रमितको विवरण
थपिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये ३ सय ३४ महिला र ५ सय ९३ पुरुष छन्।

अहिले काठमाडौं उपत्यकाका ४ सय १५ सङ्क्रमित थपिएका हुन्। काठमाडौं ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामा एकै दिन वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो।

त्यसैगरी रूपन्देहीमा ७२, मकवानपुरमा ५१, ,मोरङमा ४७, सुनसरीमा ४१ र बाँकेमा ३५ जनामा पनि कोरोना भाइरस१९ पुष्टि भएको छ।

परीक्षणको अवस्था
चौबिस घण्टाको अवधिमा १० हजार २ सय २९ वटा नमुनाको परीक्षण गरिएकोमा १ सय ६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो।

काठमाण्डू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. विगत १० दिनमा उपत्यकाका तीन जिल्लामा यसरी बढ्यो सङ्क्रमण.  भदौ १२ अपराह्णसम्मको तथ्याङ्क.

अहिलेसम्म २० हजार २ सय ४२ सङ्क्रमितहरू निको भइसकेको सरकारको तथ्याङ्कले देखाउँछ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण विगत १० दिनमा उपत्यकाका तीन जिल्लामा यसरी बढ्यो सङ्क्रमण। भदौ १२ अपराह्णसम्मको तथ्याङ्क।
सक्रिय सङ्क्रमितमध्ये ६ हजार ४ सय ४६ जना घरमै र ९ हजार ५ सय ७३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

देशभरि क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

यसअघि भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८, साउन ३२ गते ६ सय ४१ र भदौ ८ गते ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

coronavirus growth chart

Share Now

Leave a comment.