काठमाडौं, १२ भाद्र । नेपाली कांग्रेसका सांसद, उद्योगपति तथा नेपालका एक मात्र फोर्बस् अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ट्वीटरमार्फत सांसद चौधरी आफैले सो कुराको जानकारी दिनुभएको हो ।
चौधरीले शुक्रबार बिहान भएको परीक्षणमा आफूलाई कोभिड पोजिटिभ पाइएको ट्वीटरमा उल्लेख गर्नभएको छ ।
‘मैले आज बिहान कोरोना परीक्षण गराएँ,रिपोर्ट पोजिटिभ आयो । मलाई कुनै लक्षण देखिएको छैन’, सांसद चौधरीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
चिकित्सकको सल्लाह अनुसार आफू आइसोलेसनमा रहेको पनि बताउदै उहाँले आफ्नो सम्पर्कमा आउनुभएका सबैलाई कोरोना भााइरसको संक्रमण परीक्षण गराउन पनि आग्रह गर्नुभएको छ ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020


















