दु्बाई(संयुक्त अरब इमिरेट्स), २९ असोज । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग २०२० अन्तर्गत बुधबार सम्पन्न ३० औं खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।
यो नतिजासंगै ८ खेलमा छैठौं बिजय निकाल्दै दिल्ली क्यापिटल्स गर्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।
आजसम्मको आठौं खेलसम्म पनि अवसर नपाएका नेपाली क्रिकेट स्टार सन्दीपले आफ्नो टिमको विजयपछि यसलाई संगठित प्रयासको नतिजा भन्दै ट्वीट गरेका छन् । उनले बलिड.मा योगदान गर्ने सबैको तारिफ गरेका छन्् ।
Great team effort to win the game against @rajasthanroyals. Top bowling spell from @ashwinravi99, @akshar2026 & @TusharD_96 in the middle and @AnrichNortje02, @KagisoRabada25 at the death. Congratulations on a great debut to @TusharD_96. Congratulations to us. @DelhiCapitals ✨
— Sandeep Lamichhane (@Sandeep25) October 14, 2020
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो।
राजस्थानको लागि ओपनर बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२, सन्जु स्यामसनले २५ , जोस बटलरले २२ तथा राहुल तेवतियाले अविजित १४, श्रेयश गोपालले ६ तथा स्टेभेन स्मिथ,रियान पराग र जोफ्रा आर्चरले समान एक एक रन बनाए।
राजस्थानलाई रोक्ने क्रममा दिल्लीका एनरिक नोर्किया र तुषार देशपाण्डेले दुई दुई विकेट लिए भने कागीसो रबाडा , रभीचन्द्रन आश्विन र अक्षर पटेल ले समान एकएक विकेट लिए।
दिल्लीको ब्याटिंग
Top effort and team spirit shown by the boys out there. Onwards 🔥 pic.twitter.com/AcX7K6nvth
— Shreyas Iyer (@ShreyasIyer15) October 14, 2020
यस अघि टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
दिल्लीको लागि शिखर धवनले सर्वाधिक ५७ तथा श्रेयस ऐयरले ५३ रन बनाए। मार्कस स्टोइनिसले १८, एलेक्स केरीले १४ तथा अक्षर पटेलले ७ रन बनाए।
दिल्लीलाई रोक्नेक्रममा राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनदकतले २ तथा कार्तिक त्यागि र श्रेयस गोपालले समान एक एक विकेट लिए।
अंकतालिका

आठौँ खेलमा ६ जित र २ हार पछि दिल्ली १२ अंक बटुल्दै पुनः लिगको शीर्ष स्थानमा उक्लेको छ। १० अंक रहेको मुम्बई इण्डियन्स दोश्रो र समान अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै बैंगलोर तेश्रो स्थानमा रहेको छ।
हारपछि राजस्थान सातौँ स्थानमा यथावत रहेको छ। ८ खेलमा राजस्थानले ५ हार बेहोर्द मात्र ३ खेल जित्दै ६ अंक बटुलेको छ।
लिग अन्तर्गत दिल्लीले आगामी खेल चेन्नाई बिरुद्ध शनिवार खेल्नेछ भने राजस्थानले पनि चेन्नाई बिरुद्धनै सोमबार खेल्नेछ।
बिहिबार रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।


















