Prakash Adhikari October 15, 2020

काठमाडौं, २९ असोज । नेपालमा बिहिबार अपरान्हसम्म २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार १६ हजार ५ सय ९८ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये १ हजार ९ सय ३५ जना राजधानी काठमाडौं उपत्यकाका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ।

बिहीवार अपराह्णसम्म कोरोना भाइरसको संक्रमणको समेत कारणबाट थप १९ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।

कोरोनाभाइरस
नेपालमा अहिलेसम्म ६ सय ९४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार सो अवधिमा ३ हजार ५ सय ६४ सङ्क्रमित रोगमुक्त भएका छन्।

सोमवार मन्त्रालयले ४ हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

अहिलेसम्म नेपालमा ८४ हजार ५ सय १८ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो।

सङ्क्रमितमध्ये ३ सय १४ जना सघन उपचार कक्षमा र ६८ जना भेन्टिलेटरमा रहेका छन्।

कहाँ छन् सक्रिय सङ्क्रमित ?

अहिले देशभरि ३६ हजार ५ सय ३३ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमले बताउनुभएको छ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ जहाँ २३ हजार २१ जना यस्ता संक्रमित छन्।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड-१९ महामारी. .
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे ८ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

को हुन् सङ्क्रमित?

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये १,६९२ जना काठमाण्डू जिल्लाका, १३४ जना भक्तपुरका र १०८ जना ललितपुरका हुन्।(बीबीसीबाट)

Share Now

Leave a comment.