Prakash Adhikari October 16, 2020

काठमाडौं, ३० असोज। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यही असोज २९ गते बिहिबार काठमाडौं म्यारियट होटल, नक्सालमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहनुभएको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।

सभाले कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुन आउने ६० करोड बराबरको सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।

अधिकृत पूँजी २ अर्ब रहेको प्रभु लाइफ इन्स्योरेन्सको ७० प्रतिशत सेयर पूँजी सस्थापक सेयरधनीहरुले चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत पूँजी सर्वसाधरणमा सेयर बिक्री गरी जुटाउन लागिएको छ ।

Share Now

Leave a comment.