Prakash Adhikari October 28, 2020

 

काठमाडौं, १२ कार्तिक । दशैंको बिदापछि खुलेको साताको पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्च परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४१.२० अंकले बढेर १६४७.४५ अंकमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतको बढोत्तरी हो ।

बुधबार १ सय ८७ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता शेयरको किनबेचबाट २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाको कारोबार भएको थियो ।

यस दिन ट्रेडिड.बाहेकका प्रायः सबै उपसमूहका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

दशैंकोे मुखमा मुलुकको अर्थतन्त्रको लगाम लिने अर्थमन्त्रीमा उदारवादी विचारका विष्णु पौडेलको नियुक्ति हुनु र कम्पनीहरुले लाभांश घोषणा गर्न थालेकोले दोहोरो सकारात्मक असरका कारण शेयर बजारमा चमक आएको बताइन्छ । यसमा सस्तो व्याजदरको समेत प्रभाव रहेको बताइएको छ ।

Symbol LTP % Change Qty
PCBL 333.00 9.9 540,824
NFS 228.00 9.62 635
CZBIL 241.00 9.55 456,474
PRVU 268.00 8.5 623,533
NIBPO 403.00 8.33 50,317
SRBL 270.00 7.57 225,193
LBL 289.00 7.43 126,695
CBL 182.00 7.06 433,715
NBB 240.00 6.19 215,330
SMFDB 790.00 5.33 5,182

बुधबार प्राइम कमर्सियल बैंक,नेपाल फाइनान्स,सिटिजन्स,प्रभु,नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक,सनराईज, लक्ष्मी,सिभिल,एनबीबी र समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पाँचदेखि झण्डै १० प्रतिशतको हाराहारीमा बढेको छ ।

यस दिन पञ्चकन्या, रिडी,माउण्टेन,नेशनल,दिव्येश्वरी,न्यादी र घलेम्दी जलविद्युत तथा विजय लघुवित्त, जनरल इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका शेयरको मूल्य घटेको छ ।

Symbol LTP % Change Qty
PMHPL 139.00 -3.47 9,090
RHPC 177.00 -2.75 25,784
MHNL 182.00 -2.67 5,100
NHPC 110.00 -2.65 215,328
DHPL 115.00 -2.54 10,435
NGPL 198.00 -2.46 20,807
GHL 125.00 -2.34 3,900
VLBS 929.00 -1.9 1,925
GIC 578.00 -1.87 102,532

लाभांश प्रभाव

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी मध्ये ३९ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् र अन्य कम्पनीहरु घोषणा गर्ने अवस्थामा छन् ।

शेयर मूल्य पनि त्यति चर्को नबढेको र लाभांश पनि लिन पाउने भएकोले शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । हालसम्म यी कम्पनीहरुले लाभांश घोषणा गरेका छन् :

Share Now

Leave a comment.