काठमाडौं, १२ कार्तिक । नेपालमा विगत २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
उक्त अवधिमा कोभिड १९ कारण ११ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बुधवार अपराह्ण प्रेस ब्रीफिङमार्फत् सार्वजनिक गरेको हो।
योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८ सय ८७ पुगेको छ।
मङ्गलवार २ हजार ७ सय २५ वटा पीसीआर परीक्षण हुँदा ५ सय ७० सङ्क्रमित थपिएका थिए।
नेपालमा कुल १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा ८ हजार २ सय ४८ वटा पीसीआर परीक्षण भएको थियो।
हाल देशभरिका आइसोलेशनमा ३९ हजार ६ सय ४३ सक्रिय सङ्क्रमितहरू रहेको बताइएको छ।
नेपालमा हालसम्म सङ्क्रमित भएकामध्ये सक्रिय सङ्क्रमितको हिस्सा २४.४ प्रतिशत रहेको छ।
बुधवार नै २ हजार ९ सय ८१ जना भाइरसमुक्त भएको मन्त्रालयको विवरण छ।
भाइरसबाट मुक्त हुने दर ७५ प्रतिशत रहेको छ।
सरकारका अनुसार नेपालमा अहिले मनाङ जिल्लामा मात्र कोरोनाभाइरसका सङ्क्रमित छैनन्।
(बीबीसी)


















