Prakash Adhikari October 29, 2020

 

काठमाडौं, १३ कार्तिक । नेपालमा विगत २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड १९ कारण १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बिहीवार सार्वजनिक विवरणमा जनाइएको हो।

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ९ सय ४ पुगेको छ।

बुधवार ८ हजार २ सय ४८ वटा पीसीआर परीक्षण हुँदा १ हजार ९ सय ५४ सङ्क्रमित थपिएका थिए।

नेपालमा कुल १ लाख ६४ हजार ७ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

थपिएका ६८ प्रतिसत सङ्क्रमित काठमाडौं उपत्यकाका

यो अवधिमा ९ हजार ७ सय ६९ वटा पीसीआर परीक्षण भएको थियो।

हाल देशभरिका आइसोलेशनमा ३८ हजार ९ सय ५२ सक्रिय सङ्क्रमितहरू रहेको बताइएको छ।

तीमध्ये काठमाडौं उपत्यकामा मात्र १६ हजार ५ सय २१ जना सक्रिय सङ्क्रमित छन्।

कोरोनाभाइरस
यस अवधिमा काठमाडौं तिन जिल्लामा कुल १ हजार ६ सय १५ सङ्क्रमित थपिएका हुन्।

नेपालमा हालसम्म सङ्क्रमित भएकामध्ये सक्रिय सङ्क्रमितको हिस्सा २३.६ प्रतिशत रहेको छ।

बिहीवार नै ३ हजार ३८ जना भाइरसमुक्त भएको मन्त्रालयको विवरण छ।

भाइरसबाट मुक्त हुने दर ७५.८ प्रतिशत रहेको छ।(बीबीसी)

Share Now

Leave a comment.