Prakash Adhikari October 29, 2020

 

कोलम्बो(श्रीलंका), १३ कार्तिक(बीबीसी) ।दक्षिण भारतमा व्यापक विरोध भएसँगै मुख्य अभिनेता पछि हटेको भए पनि आफ्नो जीवनमा आधारित चलचित्र सार्वजनिक हुने श्रीलङ्का प्रख्यात पूर्वक्रिकेट खेलाडी मुथैया मुरलिधरनले बताउनुभएको छ।

बीबीसीकी नलिनी शिवथासनले मुरलीधरनसँग कुराकानी गर्दै चलचित्रबारे विवादको व्याख्या गर्नुभएको छ।

‘क्रिकेटमा मात्रै होइन, म धेरै विषयमा विवादमा परेको छु। मैलै धेरै अवरोधहरू पार गरेँ। यो मैले सामना गरेका धेरै चुनौतीमध्ये एक हो’, चलचित्रबारे देखिएको विवादका विषयमा बोल्दै ४८ वर्षीय मुरलीधरनले भन्नुभयो।

श्रीलङ्कामा अल्पसङ्ख्यक तमिल समुदायका सदस्य मुरलीधरनले लामो समयसम्म चलेको गृह युद्धबीच राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुनुभएको थियो।

Why was Muralitharan's bowling action considered legal?

त्यहाँ पृथकतावादी तमिल र बहुसङ्ख्यक सिन्हाला समुदायका सुरक्षा फौजबीच लामो समयसम्म युद्ध चलेको थियो।

क्रिकेट जगत्‌मा सबैभन्दा प्रभावशाली बलरका रूपमा स्थापित हुनुअघि बलिङ् गर्ने तरिकालाई लिएर मुरलीले विवादको सामना गर्नुपरेको थियो।

तर एट हन्ड्रेड (८००) नाम दिइएको उनको जीवनमा आधारित चलचित्र भने उनका लागि हालसम्मकै ठूलो अवरोध हुन सक्छ।

टेस्ट क्रिकेटमा मुरलीले ८०० विकेट हात पार्नुभएको थियो जसकारण चलचित्रको नाम पनि एट हन्ड्रेड राखिएको छ।

उक्त चलचित्रको छायाङ्कन सुरु भइसकेको छैन। दक्षिण भारतीय अभिनेता विजय सेतुपति मुरलिधरनका रूपमा देखिएको पोस्टर सार्वजनिक हुनासाथ तीव्र विरोध देखिएको थियो।

निर्माताहरूले चलचित्रलाई युवाहरूलाई प्रेरणा दिने ‘स्पोर्टस बायोग्राफी’ भनेका छन्।

तर आलोचकहरूले भने राजनीतिक रूपमा विवादित व्यक्तिको प्रशंसा गर्न खोजिएको हुन सक्ने अनुमान गरेका छन्।

गत वर्षको राष्ट्रपतीय निर्वाचनका बेला मुरलीधरनले गरेको टिप्पणीका कारण धेरै आक्रोश देखिएको थियो।

मुरलीले सन् २००९ मा समाप्त भएको युद्धको खुसियाली मनाउँदै एकजना प्रतिस्पर्धी गोटाबय राजपक्षलाई समर्थन गर्नुभएको थियो।

मुरलीधरन र राजपक्ष
सरकारले तमिल पृथक्तावादी विद्रोहीहरूलाई सखाप पार्ने गरी चलाएको कारबाहीका बेला राजपक्ष श्रीलङ्काका रक्षामन्त्री हुनुहुन्थ्यो। उक्त कारबाहीमा दशौँ हजार सर्वसाधारणको मृत्यु भएको थियो।

युद्धको अन्तिमतिर करिब ४०,००० तमिल सर्वसाधारणको मृत्यु भएको विश्वास गरिन्छ र समान भाषा अनि जातीय पहिचान बोकेको तमिलनाडुमा यो भावनात्मक विषय बनेको छ।

‘मुरलीधरन तमिल भए पनि उहाँले तमिलजस्तो व्यवहार गर्नुहुन्न र हामी उहाँ कुनै पनि हिसाबले तमिलनाडु प्रवेश नगर्नुहोस् भन्ने चाहन्छौँ – त्यो चाहे व्यक्तिगत रूपमा होस वा चलचित्रका रूपमा’, चेन्नईस्थित एक युवा अधिकारवादी भी प्रभाले भन्नुभयो।

‘सन् २००९ पछि यो देशमा शान्ति प्राप्त गरेका थियौँ भन्ने मेरो भनाइको मतलब थियो। जब युद्ध समाप्त भयो त्यो मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो किनकि शान्ति स्थापित भएको थियो -तमिल सर्वसाधारण मारिए भनेर होइन’, आईपीएल प्रतियोगितामा सनराइजर्स हैदराबाद टोलीको बलिङ्ग कोचका भूमिका निर्वाह गरिरहेका मुरलीधरनले दुबईबाट भन्नुभएको छ।

‘मैले युद्धमा कसैको पक्ष लिइनँ – राजपक्ष पक्ष वा अर्को पक्ष। म बीचमा थिएँ। श्रीलङ्कामा के भइरहेको छ भन्ने कुरा भारतका मानिसहरूलाई थाहा छैन।’

मुरलीधरनको भारत र विषेशतः तमिलनाडुसँग नजिकको सम्बन्ध छ। उहाँकी श्रीमती तमिलनाडुकी हुनुहुन्छ र मुरली स्वयं सन् २००८ देखि २०१० सम्म आईपीएल प्रतियोगितामा चेन्नई सुपर किङ्ग्सलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो।

त्यसो भए चलचित्र किन यति धेरै विवादित बन्यो त ?

‘सन् २०१० मा तमिलनाडुका मानिसहरूलाई श्रीलङ्काको गृह युद्धमा तमिलहरूमाथि के भयो भन्ने थाहा थियो तर उनीहरूले यस विषयमा मुरलीधरनलाई जोडेनन्’, प्रभाले भन्नुभयो।

‘त्यसपछि हामीले मुरलीले कसरी श्रीलङ्का सरकारलाई समर्थन गरिरहेका छन् भन्ने कुरा देखाउन अभियान सुरु गर्‍यौँ र सन् २०१३ सम्ममा हामी मुरलीधरन र श्रीलङ्काका अन्य खेलाडीमाथि यहाँ प्रतिबन्ध लगाउन सफल भयौँ।’

मुरलीधरन
चेन्नईस्थित एक स्वतन्त्र पत्रकार कविता मुरलीधरनका अनुसार उक्त चलचित्रबारे तीव्र प्रतिक्रिया उत्पन्न हुनुको कारण ४२ वर्षे अभिनेता विजय सेतुपति हुनुहुन्छ।

ूसेतुपतिलाई प्रगतिशील अभिनेताका रूपमा हेरिन्छ। उहाँ धेरै सामाजिक मुद्दामा बोल्ने गर्नुहुन्छ जस कारण धेरै मानिसलाई उहाँले मुरलीधरनको अभिनय गरेको हेर्न विषय पिडादायी बनेको थियो,ू उहाँले भन्नुभयो।

ूतमिलनाडुका मानिसहरूले चलचित्रलाई गम्भीर रूपमा लिने गर्छन्। त्यहाँ चलचित्रलाई चलचित्रका रूपमा मात्रै हेरिँदैन ( तमिल चलचित्र र राजनीति एकआपसमा सम्बन्धित छन्।ू

उक्त चलचित्रबाट पछि हट्न सेतुपतिलाई आफ्ना सहकर्मी अभिनेता अनि नेताहरूले दबाव दिएका थिए।

तर अन्तिम निर्णय भने मुरलीधरनको आश्चर्यजनक हस्तक्षेपका कारण भएको हो। मुरलीले सेतुपतिलाई पछि हट्न आग्रह गर्नुपरेको थियो।

ूयो चलचित्रका कारण सेतुपतिलाई किन अनावश्यक समस्या हुनुपर्‍योरु यी समस्याहरू म उनीमाथि किन राख्न चाहन्छुरुू मुरलीले प्रश्न गर्नुभएको छ।

ूयो मेरो लडाइँ हो, उहाँको होइन। त्यसैले म आफैँ लडाइँ लड्नेछु।ू

Share Now

Leave a comment.