(बलाँच (दार्चुला), १६ माघ । चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट यही माघ १८ गते विहिबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
आयोजनाले विगत एक महिनादेखि पहिलो युनिटबाट १५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
यही माघ १८ गतेदेखि दोस्रो युनिट पनि चलाउने तयारी गरिएको जानकारी आयोजनाका प्रमुख अजय दाहालले दिएका छन् ।
प्राधिकरणले रिलायविलीटी परिक्षण सम्पन्न गरी दोस्रो युनिटको १५ मेगावाट विद्युत् प्रणालीमा जोड्नेछ ।
दुई वटा युनिट सञ्चालन भएपछि दैनिक ६ घन्टा पूर्ण क्षमतामा ३० मेगावाट विद्युत उत्पादन हुने आयोजना प्रमुख अजय दाहालको भनाई छ ।
दार्चुलामा निर्माण सम्पन्न भएको उक्त आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट जडान गरिएको छ ।