काठमाडौं, १६ माघ । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो नै नलगाइकन सकिएको छ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा मंगलबार बिहान प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको नाम टुंगो लगाउने एजेण्डा सहित बसेको बैठकले केन्द्रको हस्तक्षेप नगर्ने निर्णय गरी समापन भएको छ ।
स्थायी कमिटिको बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि १८ माघदेखि निर्वाचन मण्डललाई तालिम दिने निर्णय भने गरेको छ ।
प्रदेश सभा संसदीय दलको बैठकबाटै सर्वसम्मति वा निर्वाचनबाट नेता चयन गरी मुख्य मन्त्री बनाउने स्वस्थ्य परम्परा बसाउन केन्द्रको हस्तक्षेपकारी भूमिका नगरिएको एमाले नेताहरुले बताएका छन् ।
मुख्यमन्त्रीको विषयमा केन्द्रले कुनै हस्तक्षेप नगर्ने सके सर्वसम्मत त्यसो नभएमा चुनाव गरेर छनोट गरिने निर्णय भएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए।