Prakash Adhikari January 30, 2018

काठमाडौं,१६ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज दुइदिने सद्भावना भ्रमणमा बिहिबार नेपाल आउदै छिन् ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुमधर बनाउन, नेपालमा निकट भविष्यमा बन्ने सरकारप्रति सद्भावना प्रकट गर्न र राजनीतिक दलहरुसंगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उनको भ्रमण हुन लागेको हो ।

उनको यो भ्रमणले नयाँ बन्ने सरकारलाई भारतसंग निकटदूरीमा रहेर काम गर्न सघाउने अनुमान गरिएको छ । संविधान जारी भए लगत्तै सत्तासिन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसंग भारतको तिक्ततापूर्ण सम्बन्ध रहन गएको थियो ।

यसै बर्ष सम्पन्न स्थानीय,प्रादेशिक,प्रतिनिधि सभा र राष्ट्र्यि सभा सबैमा नेकपा एमाले सबैभन्दा बलियो देखिएको र निकट भविष्यमा केन्द्र देखि बहुमत प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने अवस्था आएकोले एमालेसंग सम्बन्ध सुधारको लागि पनि यो भ्रमण त्यतिकै महत्वपूर्ण मानिएको छ ।

भारतीय विदेश मन्त्रीको भ्रमणको पूर्व संन्ध्यामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा आफ्ना कुराहरु संबोधन हुने भए सरकारमा जाने अभिव्यक्ति पनि दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन पहिले संविधान संशोधनकालागि तयार भएको अभिब्यक्ति दिएका थिए ।

विदेश मन्त्री स्वराजका साथमा भारतका नवनियुक्त विदेश सचिव विजय गोख्ले, सहसचिव (उत्तर) सुधाकर दलेला अन्य वरिष्ठ अधिकारीहरु समेत रहनेछन् ।

दुइदिनको नेपाल बसाईमा भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्र्पति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल, मधेशवादी दलका नेताहरुलाई भेट्ने बताइएको छ ।

यसबाहेक उनले अन्य पूर्व प्रधानमन्त्रीहरु तथा अन्य दलका पार्टी अध्यक्षहरुसंग पनि भेट्ने संभावना रहेको छ ।

एमाले र माओवादी गठबन्धन एकतामा पुग्छ कि पुग्दैन ? केन्द्रदेखि प्रदेश तहसम्म बामगठबन्धनको सरकार कस्तो स्वरुपको बन्छ र भावि सरकारमा मधेशवादी दलको प्रवेश हुन्छ या हुदैन यी सबै राजनीतिक जिज्ञासाको जवाफ स्वराजको आगमन पछि सतहमा देखिने अपेक्षा गरिएको छ ।

किनकी एमाले र माओवादी एकता प्रक्रिया सोचेको गतिमा बढेको छैन र एकता नै भाडिने खालका संकेतहरु पनि देखिन थालेका छन् ।

 

Visit of External Affairs Minister to Nepal (February 1-2, 2018)

January 29, 2018

External Affairs Minister Smt. Sushma Swaraj will be visiting Kathmandu from 1-2 February 2018.

The visit is in keeping with the tradition of regular high-level political exchanges between India and Nepal, and reflects the expanding bilateral partnership and the importance that the two countries attach to further strengthening it across diverse sectors.

The upcoming visit will provide an opportunity to hold discussions with political leaders of Nepal on issues of mutual interest, and to advance age-old, special ties of friendship between India and Nepal.

New Delhi
January 29, 2018

Share Now

Leave a comment.