Prakash Adhikari November 7, 2020

काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सचिवालय सदस्यहरुले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको छ।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर यो माग पेश गर्नुभएको हो ।

बैठकको माग लिएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री द्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्री तथ पार्टीका अध्यक्ष ओलीलाई भेटेर तत्काल बैठक बोलाउन लिखित माग पेश गर्नुभयो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमै माग गरेको जानकारी दिनुभएको छ।

तर प्रधानमन्त्री ओलीले बैठकका विषयमा कुनै वचन नदिनुभएको बताइएको छ।

Share Now

Leave a comment.