Prakash Adhikari November 7, 2020

काठमाडौं, २२ कार्तिक । नेपाल प्रहरीले मातहतका कार्यालयमा कार्यालय सहयोगीका विभिन्न ३ सय ६० रिक्त पदमा भर्ना खुलाएको छ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचनामार्फत दरखास्त आह्वान गरेको जनाएको छ ।

नेपाल प्रहरीले खुला र समावेशी गरी माली तथा बगैंचे, भान्छे, हजाम, सिलाइ तथा बुनाइ, कुचिकार र खेलाडीमा कर्मचारी मागेको हो ।

सूचना अनुसार ९ जना माली, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाई बुनाई , ५० जना कुचीका र १५ जना खेलाडीका लागि जागिर खुलाएको हो ।

आगामी मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम बुझाउन सकिने छ । खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन सक्नेछन् भने अरुका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

दरखास्तका लागि एक सय रूपैयाँ राजश्व तिर्नुपर्नेछ ।

साधारण लेखपढ भएकाले पनि आवेदन दिन पाउने छन् ।

सूचना अनुसार १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*