Prakash Adhikari November 7, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २२ कार्तिक (एजेन्सीहरु) । अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रमलाई पराजित गर्दै डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

मतगणनाको औपचारिक नतिजा घोषणा भएको छैन् तर गन्न बाँकी रहेका मतहरु र मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेद्वारले हासिल गर्नुभएको अग्रतालाई हिसाब गरेर अमेरिकाका प्रतिष्ठित र विश्वसनीय समाचाार संस्थाहरु एसोसिएटेड प्रेस(एपी) र केबल न्युज नेटवर्क(सीएनएन)ले यो घोषणा गरेका हुन् ।

दुवै समाचार संस्थाहरुले पेन्सिल्भेनिया राज्यको मतगणनामा डेमोक्रयाटिक पार्टीका उम्मेद्वार बाइडनले आफ्ना प्रतिद्धन्द्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कायम गर्नुभएको मतान्तरका आधारमा यो घोषणा गरेका हुन् ।

उहाँले पेन्सिलभेनियाका २० निर्वाचक मत हासिल गरेपछि राष्ट्रपति निर्वाचन हुनका लागि आवश्यक २ सय ७० मतभन्दा बढी मत हासिल गर्नुृभएको छ । उहाँले २०१६को निर्वाचनमा रिपब्लिकनका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्नुभएको मिचिगन,विन्स्किसिन र एरिजोनामा पनि विजय हासिल गर्नुभएको छ ।

मत गणना भैरहेका जर्जिया नेभदामा पनि उहाँले अग्रता लिइरहनुभएको छ । तर ती राज्यमा रिपब्लिकन पार्टीका चुनावी अभियानकर्ताहरुले मुद्दा हालेकोले परिणाम आउन केही बिलम्ब हुने बताइएको छ ।

जो बाइडेनले अमेरिकाको राष्ट्रपति हुँदा एक कीर्तिमान पनि कायम गर्नुभएको छ । उहाँले उपराष्ट्रपतिमा चयन गर्नुभएका कमला ह्यारिसन अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनुभएको छ ।

Drew Angerer/Getty Images

सन २०१७ देखि क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्नुभएकी कमला ह्याशिन जमैका र भारतीय आप्रवासीका सन्तान हुुुनुहुन्छ ।

 

राष्ट्रपति निर्वाचित हुनुभएका जो बाइडनले आज पनि उहाँको गृहराज्य विल्मिड.टन, डेलावेरबाट विजयी संबोधन गर्ने हुनुभएको छ । आजको संबोधनमा उपराष्ट्रपतिकी विजयी उम्मेद्वार कमला ह्यारिसले पनि संबोधन गर्ने बताइएको छ ।

जो बाइडनको विजयले अमेरिकामा उत्पीडित रहेका काला जाति, आप्रवासी र मध्यम तथा निम्नबर्गीय मतदाता र आम नागरिक खुसी भएका छन् भने विश्वमा पनि उहाँको मध्यमार्गी अवधारणाले नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

Stefani Reynolds/Bloomberg/Getty Images

 

Share Now

Leave a comment.