Prakash Adhikari December 20, 2020

 

काठमाडौं, ५ पौष । मन्त्रिपरिषद्को बैठकबाट पारित गरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले सिफारिस गरे बमोजिम नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचना अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम उहाँले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ चुनावको मिति तोक्नुभएको छ।

https://www.presidentofnepal.gov.np/?p=4492

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले सदर गरेसँगै प्रतिनिधिसभा विघटन भएको छ।

तर संविधानविदहरुले भने सरकारले असंवैधानिक कदम चालेको बताएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी, विवेकशील साझा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले पनि सरकारको कदमको भर्त्सना गर्दै असंवैधानिक कदम सच्याउन राष्ट्रपतिलाई अनुरोध गरेका थिए । तर राष्ट्रपतिले यति गम्भीर विषयमा न संविधानविद्हरुको परामर्श लिने आवश्यकता ठान्नुभयो, न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुसंग ।

प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपतिको अनुमोदनसंगै नेपाल पुनः राजनीतिक अस्थिरतामा फस्न पुगेको छ ।

 

Share Now

Leave a comment.