Prakash Adhikari January 10, 2021

 

जाकर्ता(इण्डोनेशिया), २६ पौष(बीबीसी) । इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको जानकारी दिएका छन्।

यसअघि जलसेनाले उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ठानिएको क्षेत्र पत्ता लगाएको थियो।

श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए।

उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।

इन्डोनेशिया विमान दुर्घटना

विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्।

विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।

उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजया एअरको भन्ठानिएको भग्नावशेष सम्हालेर राखेका छन्

शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।

विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका छन्
उक्त विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका छन्

‘हामीले दुई ठाउँमा सङ्केत प्राप्त गरेका छौँ। त्यो ब्ल्याक बक्स हुनसक्छ’, इन्डोनेशियाको खोजी तथा उद्धार गर्ने निकायका प्रमुखले यसअघि भनेका थिए।

अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्य भागको टुक्रासहित उक्त विमानको भग्नावशेष भन्ठानिएका सामग्रीहरूको विश्लेषण गरिरहेका छन्।

जकार्ता प्रहरीका प्रवक्ता युस्री युनुसका अनुसार खोज तथा अनुसन्धान निकायबाट दुईवटा झोला प्रहरीले पाएको छ।

‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका अङ्ग छन्’, उहाँले संवाददाताहरूलाई बताउनुभयो।

इन्डोनेशियाका अधिकारीहरू
हराएको विमानको ठानिएका सामग्रीहरूको इन्डोनेशियाका अनुसन्धानकर्ताहरूले जाँचबुझ गरिरहेका छन्

विमानको गति र अवस्था
श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४ :३६ बजे उडेको थियो।

यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४ः४० मा अन्तिम सम्पर्क भएको थियो।

इन्डोनेशिया विमान दुर्घटना
गोताखोरहरूलाई सम्भावित दुर्घटनास्थलमा परिचालन गरिएको छ

जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ।

राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन।

उडानहरूको विवरण राख्ने वेबसाइट Flightradar24.com का अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।

प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।

इन्डोनेशियाको नक्सा

इन्डोनेशियाको नक्सा

सोलिहिन नाम गरेका माझीले बीबीसी इन्डोनेशिया सेवालाई आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताउनुभएको थियो।

‘विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो’,उनले भने, ‘त्यो घटना हामी नजिकै भएको थियो।’

विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले बीबीसीलाई आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन्।

विमानमा को थिए ?
विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको ठानिएको छ। विमानको क्षमता भने १३० यात्रुको थियो।

अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए।

जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थल र पोन्टिआनकस्थित विमानस्थलमा उनीहरूका आफन्तहरू व्यग्र भएर कुरिरहेका छन्।

इन्डोनेशियाको पोन्टिआनक विमानस्थलमा हराइरहेका यात्रुबारे जानकारी कुर्दै परिवारका सदस्यहरू
इन्डोनेशियाको पोन्टिआनक विमानस्थलमा हराइरहेका यात्रुबारे जानकारी कुर्दै परिवारका सदस्यहरू

‘विमानमा मेरो परिवारका चार सदस्य छन् – मेरी श्रीमती र तीन सन्तान’ यमन जाईले रुँदै संवाददातालाई भन्नुभयो।

‘मेरी श्रीमतीले बच्चाको फोटो पठाएकी थिइन्…. मेरो मुटु कसरी छियाछिया नहोस् ?”

विमानको अवस्था

विवरणअनुसार उक्त बोइङ ७३७-५०० विमान २६ वर्ष अघि बनेको हो।

श्रीविजया एअरका प्रमुख कार्यकारी जेफरसन इर्विन जाउवेनाले संवाददाताहरूलाई विमान राम्रो अवस्थामा रहेको बताउनुभएको छ ।

ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको उहँले बताउनुभयो।

सन् २००३ मा स्थापना भएको श्रीविजया एअर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ।

श्रीविजया एअर
उडेको केही छिनमै उक्त विमानन रेडारको स्क्रीनबाट हराएको थियो

राजधानी जकार्ताबाट २० किलोमिटर उत्तरमा विमान हराएको थियो।

त्यही ठाउँनजिकै सन् २०१८ को अक्टोबरमा पनि विमान दुर्घटनामा परेको थियो।

उडेको १२ मिनेटमा इन्डोनेशियाली लायन एअर समुद्रमा डुब्दा जम्मा १८९ जनाको ज्यान गएको थियो।

 

Share Now

Leave a comment.