ना पि ताओ (म्यानमार), २७ माघ(बीबीसीबाट) । म्यान्मारमा सैन्य ‘कू’ भएको एक सातापछि त्यहाँका सेना प्रमुखले पहिलोपटक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफ्ना कदमको औचित्य पुष्टि गर्न खोजेका छन्।
सोमबार टेलिभिजनबाट संवोधन गर्दै मिन ओङ ह्लाइङले नोभेम्बरको चुनाव निस्पक्ष नभएको बताए। उक्त चुनावमा नेत्री आङ सान सू चीको पार्टीले बहुमत ल्याएको थियो। संसदका ४ सय ७६ सीट मध्ये सू ची को नेशनल लिग फ डेमोक्रेसीले ३ सय ९६ सिट जितेको थियो ।
सेनाले देशका केही भागमा कर्फ्यू लगाएको छ भने केही ठाउँमा भीडमाथि रोक लगाएको छ।
हडतालमा दशौँ हजार सहभागी
Protests against Myanmar coup continue for third day https://t.co/Qx5AwOuGCt pic.twitter.com/znbO2nt5LG
— BBC News (World) (@BBCWorld) February 8, 2021
म्यान्मारमा सैन्य कू को विरोध गर्न लगातार तेस्रो दिन सोमबार दशौँ हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।
सेनाको कदमको विरोधमा म्यान्मारमा दशकयताकै ठुला प्रदर्शनहरू भएका छन्।
मुख्य सहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएका छन्।
राजधानी नेपि ताओमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्।
हालसम्म हिंसाका खबर आएका छैनन्।
Tens of thousands took to the streets across Myanmar Monday to protest last week’s military takeover. Protesters raising pictures of detained leader Aung San Suu Kyi decried the putsch called for the release of elected leaders.
Photos: @AP @Reuters @AFP News Agency & Myo Min Soe pic.twitter.com/NYpPWgDunh
— Radio Free Asia (@RadioFreeAsia) February 8, 2021
गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सू चीलगायत नेताहरूलाई हिरासतमा राखेको थियो।
सेनाले ११ सदस्यीय शासक परिषद् गठन गरेको छ ।
सेनाले यसअघिको निर्वाचनमा अनियमितता भएको आधारहीन दाबी गर्दै सत्ता हत्याएको थियो। साथै उसले म्यान्मारमा एक वर्षको सङ्कटकालको पनि घोषणा गरेको छ।