काठमाडौं, २७ माघ । नेपाली राष्ट्रिय क्रिकेट संघले अमेरिका,ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृखंलालाई ध्यानमा राखेर २१ जना खेलाडीको प्रशिक्षण थालेको छ ।
खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालेका हुन् ।
नेपाल क्रिकेट संघले यस श्रृखलाको लागि ३२ नाम सार्वजनिक गरेको थियो ।
घोषित ३२ सदस्यीय प्रारम्भिक टिममा परेका खेलाडीहरुमा (१) ज्ञानेन्द्र मल्ल, २) पारस खड्का, ३) बिनोद भण्डारी, ४) सन्दिप लामिछाने, ५) करन केसी, ६) कुशल मल्ल, ७) सोमपाल कामि, ८) दिपेन्द्र सिंह ऐरी, ९) अविनाश बोहरा, १०) शरद भेसावकर , ११) पवन सर्राफ, १२) अनुज चुनारा , १३) खडग बहादुर बोहरा, १४) कृष्ण कार्की, १५) अर्जुन कुमाल, १६) राम नरेश गिरि, १७) बिबेक यादव, १८) हरि शंकर शाह, १९) ललित राजबंशी, २०) कुशल भुर्तेल, २१) सुनिल धमला, २२) आसिफ शेख, २३) कमल सिंह ऐरी, २४।सन्दिप जोरा, २५) शाहब आलम, २६) सुशन भारि, २७) रोहित पौडेल, २८) राजेश पुलामी, २९) बिक्रम सोब, ३०) सौरभ खनाल, ३१) पृथु बास्कोटा, ३२) आरिफ शेख रहेका छन् ।
घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिन पछि जोडिने छन् ।