याड.गुन(म्यानमार), १७ फागुन (बीबीसी) । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई ‘अहिलेसम्मकै घातक’ भनेको छ।
प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो।

प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ।
सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्।
फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।
https://twitter.com/Myanmar_Now_Eng/status/1365940641969172481
रगताम्य प्रदर्शनकारी
आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।
सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।
बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।

प्रदर्शन
सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।
उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ।
‘म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ’, प्रवक्ता रविना शमदासनीले भन्नुभएको छ, ‘अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।’
Security forces used stun grenades and tear gas to disperse the protesters on Bargayar Road in Sanchaung township. #WhatsHappeningInMyanmar #2021uprising pic.twitter.com/3fwLHWZNRJ
— Myanmar Now (@Myanmar_Now_Eng) March 1, 2021
म्यान्मार प्रदर्शनः सैन्य कूको विरुद्ध नेपालीभाषी यसकारण सडकमा
एकजना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताए।
समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, ‘उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौँ, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौँ।’
प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन।
राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो सङ्ख्या ८५० रहेको बताएको छ। तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ।
Today in SanChaung Yangon,
Myanmar Anti-coup protesters won't stop fighting for our Democracy,even though Military terrorists used forces.
TERRORISTS JUNTA#WhatsHappeningInMyanmar #March1Coup pic.twitter.com/fBgyXAnTWF— Berry (@b3rry_y) March 1, 2021


















