न्यूयोर्क/ लसएञ्जल्स्(संयुक्त राज्य अमेरिका), १७ फागुन(बीबीसी) ।चलचित्र तथा टेलिभिजन दुनियाँको सबैभन्दा ठूलो अवार्डमध्ये एक गोल्डेन ग्लोब अवार्डका विजेताको घोषणा भएको छ।
सन् २०२१ को ७८ औं गोल्डेन ग्लोब अवार्ड चयनमा उत्कृष्ट फिल्मको पुररुकार नोमाडल्याण्डले पाएको छ भने नेटफ्लिक्सको टिभी सिरिज ‘द क्राउन’ले सबैभन्दा बढी अवार्ड जितेको छ।
द क्राउनले चार वटा विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेको बीबीसीले जनाएको छ।
त्यस्तै टिभी सिरिज ‘सिट क्रिट’ पाँच विधामा मनोनयनमा परेको थियो भने ‘ओजार्क र द अन डुइङ’ चार विधामा मनोनयनमा परेको थियो।

अवार्ड जित्नेको सूची
बेस्ट मोशन पिक्चर (ड्रामा) – नाेम्याडल्यान्ड
बेस्ट मोशन पिक्चर (म्युज़िकल कमेडी) – बोराट सब्सिक्वेंट मुभीफिल्म
बेस्ट निर्देशक (मोशन पिक्चर) – क्लोई झाओ (नाेम्याडल्यान्ड)
बेस्ट स्क्रीनप्ले (मोशन पिक्चर) – आरन सार्किन (द ट्रायल अफ शिकागो 7)
सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर – ड्रामा) – एन्ड्रा डे (द युनाइटेड स्टेट्स भर्सेस बिली हलीडे)
सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर – ड्रामा) – चेड्विक बोसमेन

सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर – म्युज़िकल कमेडी) – रोजामंड पाइक (आई केयर अ लट)
सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर – म्युज़िकल कमेडी) – साचा बोरेन कोहेन (बोराट सब्सिक्वेंट मुभीफिल्म)
सर्वश्रेष्ठ मोशन पिक्चर (एनिमेटेड) – सोल
सर्वश्रेष्ठ मोशन पिक्चर (विदेशी भाषा) – मिनारी


















